शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बजार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैया कायम भएको छ । बिहीबार २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।