भारतबाटै लुकिछिपी आएका थिए कपिलवस्तुका दश सङ्क्रमित

विविध

बुटवल, बैशाख २९ गते । कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए ।  सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेकाे क्यारेन्टाईनमा बसेका थिए । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका सङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । अघिल्ला सङ्क्रमित र नयाँ सङ्क्रमितहरूबीचको सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी छ ।  नयाँ सङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये यसोधरा  गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् ।