देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना

विविध

२०७७ बैशाख २९ : काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भेगका अशिंकाश र तराईका थोरै स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ ।

हिजो-अस्तिको तुलनामा भने आज वर्षा केही कम हुने देखिएको छ ।

यस्तै राति पनि देशका अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यसैगरी मंगलबार दिउँसो  देशका अधिकांश भूभागमा सामान्य  बदली रहनेछ भने केही  स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस राति पनि पूर्वका केही, मध्यका थोरै र पश्चिमका  एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यस्तै बुधबार पनि दिउँसो  देशका केही  स्थानमा तथा राति पूर्वी र मध्य क्षेत्रका केही तथा पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जनाएको छ ।

मौसमिवद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिरहेको छ ।  महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ ।