काठमाडौँ – सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा बानेश्वरमा प्रदर्शन गरिएको छ ।
भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न बानेश्वरमा पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नाराबाजी गर्दै बानेश्वरमा पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए ।

