भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि देश तरंगित बनेको छ । पररास्ट्र मन्त्रिले आफुलाई यो विषय थाहै नभएको अभिव्यक्ति दिएका छन् , तर के भारतले सडक बनाइरहेको जानकारी नेपालको प्रशासनलाई अहिलेसम्म पाएको थिएन ?
वास्तबमा भारतले यो सडक लुकिछिपी सडक बनाएको होइन । हाम्रो सडक विभागजस्तै उनीहरूको सीमा सडक संगठन (बिआरओ) ले माथिल्लो भागमा सन् २००८ मै सडक निर्माण थालेको हो । तल्लो भागमा त सन् १९९९ देखि नै बनाउन सुरु गरेको थियो । गुन्जीभन्दा माथि विवादित क्षेत्र पर्छ । सुगौली सन्धिअनुसार हामीले हाम्रो भन्दै आएको, तर भारतले नछोडेको क्षेत्र हो । त्यो क्षेत्रमा ट्रयाक खोलेर भारतले अहिले उद्घाटन गर्यो ।
सन् १९९९ सालदेखि नै भारतले सडक बनाइरहेको थियो , सरकारलाई यो कुरा राम्ररि थाहा थियो । नेपाल सरकारले दाबी सधैं गरिराख्यौँ, तर भारत सरकारले कहिल्यै काम रोकेन , हामीले हाम्रो भन्यौँ, ‘इस्यु’ न थियो हाम्रो, ‘डोमिनेन्ट’ उसैको छ।

नेपालतर्फबाट त्यहाँ जानै सकिँदैन । अहिलेसम्म भारतबाटै जाने गरिन्थ्यो, अहिले भारतले जान दिँदैन । उसले ‘अन्डर रेस्ट्रिक्टेड एरिया’ बनाएर राखेको छ । त्यहाँ जाने सम्भावना नै छैन । जादाखेरि पनि डबल पास चाहिन्छ । नेपालतर्फबाट हिँडेर जाने हो भने त्यहाँ पुग्न १० दिन लाग्छ । कहाँ हो कहाँ टाढा ! छारुङभन्दा माथिबाट बाटो नै छैन । भारतकै बाटोबाट जानुपर्छ । कालापानी, लिपुलेक त अझ धेरै माथि छन् । अहिलेसम्म नेपाली गएका छैनन् । त्यहाँबाट कल्पना गरेकोभन्दा त धेरै फरक छ, धेरै टाढा छ । सो क्षेत्रमा ६ महिना मात्रै मानवबस्ती हुन्छ , ६ महिना तल झर्नुपर्छ । ६ महिना त्यहाँ मानवबस्ती नै हुन्न । त्यहाँ बस्ने प्रहरी जाने समय यही वैशाख–जेठको पहिलो हप्ता हो, छाङरु र टिंकरवासी जाँदाखेरि नेपाल प्रहरी पनि गएर पुराना चौकीमा बस्छ ।
सन् १९६०/६१ मा चीन र भारतको युद्ध भएपछि पनि भारतले कालापानीमा सेना राख्यो । सन् २०१५ को मे महिनामा चीन र भारतले व्यापारिक सहमति गरे । दिल्लीदेखि चीनको सिमानासम्म सडक बनाएर व्यापारिक राजमार्ग चलाउने र मानसरोवर मार्गका नाममा सञ्चालन गर्ने उसको योजना छ ।
नेपाल सरकारले दह्रो रुपमा भारत सरकारसंग कुटनीतिक पहल थाले मात्र केहि हुन सक्ने अवस्था छ । तर ठिक बिपरित पहिले आफुलाई यो बारे थाहै नभएको अभिव्यक्ति पररास्त्रमंत्रिले दिए , अलि बिरोध भएपछि भारतलाई बिज्ञप्ति मार्फत नेपाली भूमिमा कुनैपनि गतिबिधि नगर्न अनुरोध गरेजस्तै गरे , जसको उत्तरमा भारतले आफ्नै भूमिमा सडक खनेको जवाफ फ़र्काईसकेको छ ।
यस्तोमा अब भारतसंग तर्कसंगत बिरोध गरेर कुटनीतिक पहल गर्न सरकार सक्षम होला या लम्पसार पर्ला हेर्न बाकि छ ।
जति नै रगत उम्लेपनि आम जनताले त बिरोध बाहेक क नै गर्न सक्छ र ? बिदेशीले सिंहदरबार अगाडी निषेधित क्षेत्रमा लात्ती हान्दा तुरुन्तै एक्शन नलिने सरकारले भारतले सिमा मिचेकोमा बिरोध गर्यो भनेर थुन्ने हामी जनतालाई नै त हो ।
नभए दुइ चार दिने जनता र पत्रकार कराउने , सरकारले गर्य जस्तै गर्ने , अनि यस्तै मा केहि दिन बिताउने अनि सामसुम
यस्तै छ नेपाल ।।।
– छुच्च्चो मुख
https://www.facebook.com/ChhuchhoMukh/
