काठमाडौ । चाइना साउथर्नको ठूलो जहाज नेपालको विमानस्थलमा अवतरण गर्यो । चीनको गोन्जाओ उडान भर्ने क्रममा विमान अघि बढ्यो । तर रनवेको टर्निङ पेडमा घुम्न सकेन । वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मुख घुमाउन समस्या भयो ।
चालकले तत्कालै होसियारी अपनाए । त्यसपछि केही समय जहाज त्यही ब्रेक लगाइयो । त्रिभुवन विमानस्थल कार्यलयका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार टोबार मेशिन ल्याएर मुख फर्काएपछि मात्र उडान भएको छ । मेसिन नै जोडेर घुमाएपछि मात्र जहाज उड्यो ।
सामान्यतया नर्थबाट साउथ उडान भर्ने गर्छन् जहाजहरुले । तर बिहीबार पानीको कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो घट्ना भएको हो। जहाजलाई कुनै पनि क्षति भएन । होसै नगरी जहाजमा केही गति बढाएको थियो भने ठूलै दुर्घटना हुनसक्थ्यो । त्यो संयमता चालकले देखाए । नेपालमा अड्किएका चिनियाँ यात्रु लिन यो जहाज काठमाडौं आएको थियो । जहाजमा एक सय ८४ जना यात्रु थिए।

