नहरको डिलमा एक युवकको शव फेला,१० जना प्रहरी नियन्त्रणमा

विविध

काठमाडौँ  मोरङको बेलबारीममा एक युवाको शव फृला परेको छ । फेला पर्नेमा आयुष गिरी रहेका छन् । मोरङको बेलबारी ७ मा नहरको डिलमा बिहीबार बिहान उनको शव फेला परेको हो ।

स्थानियका अनुसार उनको बुधबार साझ साथीहरूसँग सामान्य विवाद भएपछि हातपात भएको स्थानीयको भनाई छ । प्रहरीका अनुसार मृतक आयुष गिरी सँगै रहेका १० जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

शव पोष्टमार्टमका लागि उर्लावारीस्थित मंगलबारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए ।प्रहरीका अनुसार युवाको खुट्टा, भुँडीलगायत शरीरका विभिन्न भागमा घिसारेको चोट छ ।