सडक चार लेन बनाउन लगनखेल–सातदोबाटो सडकखण्डमा डोजर , स्थानीयको अवरोध

विविध

लगनखेलबाट गोदावारीसम्म चार लेनको बाटो निर्माणका लागि घरहरु भत्काउन डोजर परिचालन गरिएको छ । आइतबार दिँउसो ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलदेखि सादोबाटोसम्म सडक आसपासमा रहेका घरहरु भत्काइएको हो । केही घर भत्काइए पनि स्थानीयको अवरोधका गरेपछि भत्काउने काम रोकिएको छ । सबै घर धनीले मुआब्जा नपाएको भन्दै स्थानीयले घर भत्काउन अवरोध गरेका हुन् ।नगर विकास प्राधिकरणले सडकभित्र परेका घरको मात्र मुआब्जा दिएको तर जग्गाको मुआब्जा नदिएको स्थानीयको आरोप छ । स्थानीयले घरसँगै जग्गाको पनि छुट्टै मुआब्जा दिनुपर्ने माग गरेका छन् ।ललितपुर महानगरपालिकाले भने सडकभित्र पर्ने सबै घर भत्काउन निर्देशन दिइसकेको छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौँका सडक फराकिलो बनाउने योजना अघि सार्दा नै लगनखेल गोदावरी सडक खण्डलाई पनि चार लेनको बनाउने योजना अघि सारिएको थियो । तर मुआब्जा विवादले कामले गति लिन सकिरहेको थिएन ।