कोरोनाको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै हमलाभन्दा घातक

विविध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेका खाले आक्रमणभन्दा घातक भएको बताएका छन् । उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए ।

ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए । ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ ।