रास्वपाका सांसद ‘ट्रेनिङ क्याम्प’ भोलिबाट: मोबाइल निषेध, पाहुना प्रवेश बन्द

राजनीति

काठमाडौं, २ चैत्र । २१ फागुनमा सम्पन्न निर्वाचनमा अभूतपूर्व सफलता हासिल गर्दै पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

ललितपुरस्थित Royal Tulip Kathmandu मा सञ्चालन हुने दुई दिने कार्यक्रममा सहभागी सांसदहरूका लागि पार्टीले ६ बुँदे निर्देशन जारी गरेको छ।

पार्टीले सबै सांसदहरूको खाना र आवासको व्यवस्था गरेको छ। तर, प्रशिक्षण हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ। साथै, कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेशसमेत निषेध गरिएको जनाइएको छ।