संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

विविध

संघीय संसदको रिक्त रहेको महासचिव पदमा भरतराज गौतम सिफारिस भएका छन् । सोमबार बसेको सभामुखसहितको बैठकले महासचिव पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

हाल गोपालनाथ योगीलाई कार्यवाहक महासचिव नियुक्त गर्दा नेकपामा पूर्वएमाले पक्षका नेताहरु असन्तुष्ट थिए । गौतम हाल संघीय संसद सचिवालयका सचिव छन् ।