राप्रपा सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना कार्यकर्ता रास्वपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् ।

सुनसरी स्थित भोक्राहा नरसिंह गाउँपालिका निवासी साहले रास्वपा उम्मेदवार ई. दीपककुमार साहलाई जिताउन भन्दै रास्वपा प्रवेश गरेका हुन् ।

आइतवार रास्वपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा रास्वपाको कोशी प्रदेशका महामन्त्री लाल विक्रम थापा र सुनसरी ४ का उम्मेदवार दिपक साहले उक्त समुहलाई पार्टी प्रवेश गराएका हुन् ।

राप्रपा छाडेर रास्वपा प्रवेश गरेका उक्त समुहले दीपक जस्तो समाजसेवी र विकासप्रेमी उम्मेदवारलाई जिताउन आफू रास्वपा प्रवेश गरेको बताए । युवा उम्मेदवार साहको पक्षमा चुनावी माहौल बन्दै गएको उनले बताएका छन् ।