डिभी (DV Lottery) २०२१ निवेदकहरूका लागि अमेरिकी दूतावासको सूचना
कोभिड-१९ को विश्वव्यापी प्रकोपको कारणले साधारणतया २०२० को मे ५ मा हुनुपर्ने डाइभर्सिटी भिसा कार्यक्रम छनौटको नतिजा जुन ६, २०२०को लागि सारिएको छ। तर यो ढिलाईले अक्टोबर १, २०२०मा हुने तय भएको अन्तर्वातामा कुनै असर गर्ने छैन। निवेदकहरूले ध्यान पुर्याउनुपर्ने कुरा यो छ कि दूतावासले कसैको पनी डिभी नतिजा यस्तो भयो भनेर फोन या ईमेलमार्फत सम्पर्क गर्ने छैन। नतिजा थाहा पाउने एकमात्रै उपाय तपाईंले आवेदन दिंदा पाउनुभएको कन्फर्मेशन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट हेर्ने मात्रै हो, जस्ले तपाईंहरूलाई ठगिबाट बच्न पनि सहयोग गर्नेछ। जुन ६ नजिकिंदै गर्दा दूतावासले यस विषयमा थप जानकारी दिने जनाएको छ र तपाईंहरूलाई कुनै जिज्ञासा भएमा travel.state.gov मा गएर DV कार्यक्रमका बारे हेर्न सक्नुहुन्छ।

