‘बन्छ नमुना नेपाल’ शिर्षकमा प्रधानमन्त्री ओलीको अर्को कविता सार्वजनिक

विविध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको दोस्रो कविता सार्वजनिक भएको छ ।

यस अघि मे १ मा लेखेको कविता सार्वजनिक भएसँगै यसको निकै चर्चा भएको थियो । प्रधानमन्त्री ओली यसअघि मे दिवसको अवसरमा ‘आँसु खसाउनु पर्दैन’ शिर्षकमा कविता लेखेका थिए । मे दिवसका दिन सबेरै बिहान साढे दुई बजे उनले लेखेको कवितामा विभाजनका प्रयासहरु बिफल हुने र एकता कायम रहने संकेत गरेका थिए ।

दोस्रो कवितामा प्रधानमन्त्री ओलीले ‘बन्छ नमुना नेपाल’ शिर्षकमा लेखेका छन् ।

बन्छ नमुना नेपाल 

स्वदेश मै रोजगारी
स्वदेशमै बास
रोजिदैन प्रवास
अब गर्ने देश विकास
………
खेर जान्नन नदीनाला
बाँझा हुन्नन खेत
नाङगा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश
………
चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा
………
बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमुना नेपाल

२ मे २०२०
२० बैशाख २०७७