महोत्तरीमा अज्ञात रोगका कारण थप दुई जनाको मृत्यु

विविध

 मृतकको संख्या ११ पुग्यो

 महोत्तरीमा अज्ञात कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै थाहै नभएको रोगका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

शनिबार बर्दिवास-१२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा-६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिवास-१२ मेघरोल र भंगाहा-७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि मंगलबारसम्म ८ जनाको मृत्यु भइसकेको छ ।