२० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखा परे किम जोङ–उन

विविध

काठमाडौं, २० वैशाख । पछिल्लो समयमा विश्व चर्चित बनेका उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक भएका छन् । उनको मृत्यु भएको हल्ला फिजाईएको छ ।

सार्वजनिक रुपमा देखिएपछि अमेरिका लगायतका राष्ट्रहरु अचम्मित भएका छन्।  उनको बिषयमा थुप्रै टिका टिप्पणीहरु भएका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले किम सार्वजनिक कार्यक्रममा देखिएको पुष्टि गरेका छन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेको उल्लेख गरेको छ ।

किमको बिषयमा बिभिन्न भ्रमहरु आएको समयमा उनको उपस्थितिलाई सबैले उत्साहसाथ हेरेको जनाईएको छ ।

उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको उल्लेख गरिएको छ । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेका थिए ।

नेता किम अप्रिल १२ यता देखिएका थिएनन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेपछि उनि स्वस्थ्य र जिवित रहेको पुष्टि भएको छ ।

यद्यपी उक्त तस्विरको आधिकारीक पुष्टि नभएको भन्ने अझै पनि बिभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेकाछन् । दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् ।