प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् ।
शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएपछि उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।

