अमेरिकाले पत्ता लगायो कोरोनाको औषधी

विविध

११ दिनभित्रै निको पार्ने दाबी

कोरोना विरुद्धको खोप पत्ता लगाउन विश्वभरका वैज्ञानिकहरु अहोरात्र लागीरहेको समयमा अमेरिकाले नै कोरोनाको औषधी पत्ता लगाउन सफल भएको छ ।

रेमडेसिभिर नाम गरेको उक्त औषधी प्रयोगको अनुमति अमेरिकाको खाद्य तथा औषधी प्रशासनले दिएसँगै उक्त औषधीले ११ दिनमा बिरामीलाई ठिक पार्ने दाबी गरिएको छ ।

परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको र औषधीले कोरोना संक्रमितको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।

१८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको अमेरिकाले यसअघि नै दाबी गरेको थियो । अमेरिकाको औषधी प्रशासनले पहिलो पटक कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेसँगै अमेरिकमा छुटै आशा र विश्वास पलाएको छ । जसका कारण विश्वले नै यो रोगबाट मुक्ती पाउने विश्वास राखिएको छ ।