काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता Chill Modeमा पुगेसँगै वाणिज्य बैंकहरूको ब्याजदर फेरि ओरालो लागेको छ।फागुनमा बैंकहरुको मुद्दती निक्षेपको औषत ब्याजदर ४.५६९ प्रतिशत विन्दुमा पुग्ने देखिन्छ |माघ महिनामा ४.६८४५ प्रतिशत विन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशत विन्दुमा कायम भएको हो ।
बैंकहरुको ब्याजदर घट्नुको मुख्य कारण बैंकिङ प्रणालीमा तरलता सहज रहनु, कर्जा माग अपेक्षाकृत कमजोर हुनु तथा राष्ट्र बैंकको नीतिगत सहजता रहेको विश्लेषकहरुको भनाइ छ । ब्याजदर घट्दा कर्जाग्राहीलाई राहत मिल्ने भए पनि निक्षेपकर्ताको प्रतिफल भने थप घट्ने देखिएको छ। समग्रमा वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर घट्दो ट्रेन्डमा देखिएको छ जसले आगामी महिनाहरूमा पनि ब्याजदर दबाबमै रहने संकेत गरेको छ।
संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ ।

फागुन महिनामा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघकै व्याजदरलाई निरन्तरता दिएका छन्।
जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ । माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ ।
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।
सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।
संस्थापक मुद्दति निक्षेपमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ४ प्रतिशतको दरले व्याज दिने भएका छन् ।
