प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

बैंक/वित्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त भएका छन्।

हालसम्म सीईओ रहेका अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबार नै नयाँ नेतृत्व चयन गरेको हो। प्रभु बैंक सञ्चालक समितिको निर्णयअनुसार शर्मालाई बैंकको नेतृत्वको जिम्मेवारी दिइएको छ।

शर्मा यसअघि सनराइज बैंकका सीईओ थिए। सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज भएपछि उनी बाहिरिएका थिए। उनी बैंकिङ क्षेत्रमा अनुभवी बैंकरका रूपमा परिचित छन्। शर्माले यसअघि ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओ (डीसीईओ) तथा माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।