चिनीया राजदूत यान्छी नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

विविध

काठमाडौँ, १९ बैशाख । नेपालका चीनकी राजदूत हाउ यान्छी र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज शुक्रवार पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसमेत प्रचण्डको निवासमै पुगी उनले भेट गरेकी हुन् ।

भेटमा समसायिम विषयवस्तु र कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा कुरा भएको छ । नेकपा अध्यक्ष प्रचण्डले मित्र राष्ट्र चीनको बढ्दो सहयोग एवम् चासोप्रति धन्यवाद दिंदै नेकपा अझ एकताबद्ध हुने विश्वास ब्यक्त गरेको नेकपा स्रोतले बताएको छ । ‘प्रचण्ड र राजदूतबीच झण्डै २० मिनेट कुराकानी भएको थियो।’

चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने चीनका विभिन्न सामाजिक संस्था र व्यापारिक घरानाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन्।

यसअघि प्रचण्डले कोरोनाभाइरस रोकथामका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पत्र पठाएका थिए।