सुनको मूल्यमा भारी गिरावट, प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँमा

बजार

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको छ ।

यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५६५ रुपैयाँले घटेर ५५०० रुपैयाँ निर्धारण गरिएको छ ।