लकडाउन अवधिभर घरभाडा माग नगर्न सरकारको निर्देशन, छुटको अनुगमन स्थानीय तहले गर्ने,

विविध

सरकारले घर भाडा छुट भए नभएको अनुगमन गर्ने भएको छ ।कोरोना पिडितका लागि बिहीबार दोस्रो चरणको राहत घोषणा गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

शहरी क्षेत्रमा रहेका श्रमिकहरुले भुक्तानी गर्नुपर्ने एक महिनाको घर भाडा घरधनीलाई मिनाहा गर्न गरिएको अनुरोधकोे अनुगमन स्थानीय तहले गर्ने भएको हो ।

घरधनीले लकडाउनको कारण रोजगारी गुमाएका असङ्गठित बाहेकका अन्य श्रमिकहरुलाई लकडाउन अवधिभर घरभाडा माग नगर्ने पनि सरकारको निर्देशन रहेको छ ।

त्यस्तै श्रमिकहरुले आम्दानी गरे पश्चात घरभाडाको रकम भुक्तानी गर्न पाउने पनि सरकारले निर्णय गरेको छ ।