छुटे लगत्तै फेरि पक्राउ परे “सुलभ अग्रवाल”

विविध

महामारीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ दिनपछि साढे २५ लाख बुझाएर रिहा भए लगत्तै फेरि पक्राउ परेका छन्। सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन् ।

कालोबजारीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भए पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्थाअनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो। अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो। पक्राउ परेका बेला उनबाट प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको थियो।

चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १४५ थान मात्रै थर्मल गन कालोबजारी गरेको बेचेको पुष्टि गरेको थियो। बाँकी थर्मल गन भने अहिलेसम्म फेला परेको छैन।