काठमाडौं । EDF Jamboree Nepal ले ‘Multi-Destination Admission Day 2026’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रम सोमबार, फेब्रुअरी 2026 मा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म, न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।
बहुप्रतिक्षित अन्तर्राष्ट्रिय शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि उपस्थित रहने EDF Jamboree Nepal ले जनाएको छ। कार्यक्रमले विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई विभिन्न देशका शैक्षिक अवसरहरू एकै स्थानमा बुझ्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रम विद्यार्थी, अभिभावक, काउन्सेलर तथा शैक्षिक पेशेवरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो। सहभागीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा पोस्ट–स्टडी वर्क अवसरहरूबारे स्पष्ट जानकारी लिन सक्नेछन्।

‘Multi-Destination Admission Day 2026’ ले वर्षभरि विभिन्न देशका शैक्षिक मेलामा धाउनुपर्ने झन्झट हटाउँदै एकै दिनमा विभिन्न देशका विश्वविद्यालय तुलना गर्न, अध्ययन खर्च मूल्यांकन गर्न तथा भविष्यको करियर सम्भावनाबारे निर्णय गर्न सहज बनाउने आयोजकको भनाइ छ।
कार्यक्रमको नारा “Everything Starts Here” ले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्राको सुरुवात यहीँबाट हुने सन्देश दिन्छ।
कार्यक्रमका प्रमुख विशेषतामा तत्काल कन्डिसनल अफर तथा आवेदन शुल्क छुट (Fee Waiver), विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष भिसा तथा एडमिसन स्पष्टता, One-on-One काउन्सेलिङ, देश तुलना तथा करियर गाइडेन्स सेसन, साथै छात्रवृत्ति, शिक्षा कर्जा र पोस्ट–स्टडी वर्क परमिटसम्बन्धी जानकारी समावेश छन्।
EDF Jamboree Nepal ले १५ वर्षभन्दा बढीको अनुभवका साथ हालसम्म ५,००० भन्दा बढी विद्यार्थीहरूलाई विश्वका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनका लागि सफलतापूर्वक पठाइसकेको जनाएको छ। १,००० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको साझेदारीमार्फत EDF ले आफूलाई नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्थाका रूपमा स्थापित गरेको दाबी गरेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकहरूले +977 9823319642 मा सम्पर्क गर्न वा EDF Jamboree Nepal, छैटौं तल, सिम्खडा प्लाजा, न्यू प्लाजा, पुतलीसडकमा प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछन्। विदेश अध्ययनमा रुचि राख्ने सबै विद्यार्थीहरूका लागि कार्यक्रम खुला रहने जनाइएको छ।
