रास्वपा सभापति लामिछानेसँग सहकारी ठगी मुद्दामा पर्सा अदालतले माग्यो एक करोड धरौटी

राजनीति

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

आज (मंगलबार) लामिछानेसहित २९ जना प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराध मुद्दा सुनुवाइको लागि न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासमा पेशी तोकिएको थियो ।

न्यायाधीश सुवेदीको इजलासले लामिछानेसँग एक करोड धरौटी मागेको हो ।

लामिछाने अदालतमा हाजिर भएर चितवन–२ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता गर्न तयारीमा रहेका थिए। चुनावी माहोलका बीच अदालतको यो आदेश सार्वजनिक भएपछि राजनीतिक वृत्तमा समेत यसले ध्यान तानेको छ।

लामिछानेसहित २९ जनाविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोग रहेको छ । सो मुद्दामा ११ल करोड ५६ लाख ९४ हजार बिगो मागदाबी रहेको छ ।