काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे जानकारी गराएका हुन् ।
खनालले फेसबुकमा लेखेका छन्, “महाविर पुनले आफ्नो अभियानमा सक्रिय रहन मन्त्री पदबाट राजीनामा दिनुभएको छ।”
