नेपालीको प्रतिव्यक्ति आय १०४७ डलर

विविध

बैशाख १७, २०७७ काठमाडौं नेपालीको प्रतिव्य‍क्ति आय बढेको छ। देशको समग्र अर्थतन्त्रको आकारमा बढेसँगै नेपालीले पनि कमाउने क्रममा विस्तार भएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रत्येक नेपालीको औसत वार्षिक आम्दानी १,०४७ अमेरिकी डलर पुगेको छ। प्रत्येक नेपालीले यही हिसाबमा वार्षिक औसत एक लाख १७ हजार रुपैयाँ कमाउने गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा नेपालीको प्रतिव्यक्ति आय १,००५ अमेरिकी डलर थियो। त्यसभन्दा पहिले नेपालीले वार्षिक प्रतिव्यक्ति ८८७ डलर कमाउथे। तथ्यांक विभागका अनुसार चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १२ खर्ब ७९ अर्ब रुपैयाँ देखिएको छ। यो कुल गार्हस्थ उत्पादनको ३६ दशमलव ९३ प्रतिशत हो। नेपालले प्राप्त गर्ने विप्रेषणको आकार कुल गार्हस्थ उत्पादनको २६.४ प्रतिशत अनुमान गरिएको छ। विभागका अनुसार नेपालको कुल गाह्रस्थ उत्पादन ३७ खर्ब ७८ अर्ब हाराहारीमा पुग्‍ने छ। गत वर्ष ३४ खर्ब ५८ अर्ब रुपैयाँको अर्थतन्त्र थियो। चालु वर्ष तीन खर्ब २० अर्ब रुपैयाँ वृद्धि भएको विभागले जानकारी दिएको छ।