काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने ४ बजेदेखि ४:३० बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ।
यसैबीच, नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादले नयाँ मोड लिँदै गएको छ। पार्टी नेतृत्व र विशेष महाधिवेशन पक्षबीचको दूरी अझै गहिरिँदै गएको देखिन्छ। सभापति शेरबहादुर देउवा नेतृत्व नछोड्ने स्पष्ट सन्देशसहित वार्तामा कठोर अडानमा उभिएका छन् भने विशेष महाधिवेशनका प्रतिनिधिहरू नयाँ नीति र नेतृत्व चयन नगरी नफर्किने अडानमा दृढ देखिएका छन्।
दलभित्रको यस तनावपूर्ण अवस्थाले महाधिवेशनको आगामी कार्यदिशा र राजनीतिक समीकरणलाई थप जटिल बनाउने संकेत देखिएको छ।

