चीनमाथि ट्रम्पको गम्भीर आरोप

विविध

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाउँदै आईरहेका छन् ।

उनले शुरुवाती दिनमा चीनले कोरोना भाइरसको महामारीका बारेमा विश्वलाई सत्यता नबताएको भन्दै चीन विश्वमा भएको यो हानीको जिम्मेवारी हुनुपर्ने बताउँदै आएका छन् ।

मंगलवार ह्वाईट हाउसमा भएको एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस फैलाएर चीनले विश्वका १८४ वटा देशलाई नर्कको जस्तो स्थितिमा परिणत गराएको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै ट्रम्पले चीनले शुरुवाती चरणमा कोरोना भाइरसको बारेमा सत्य जानकारी नदिएकोले विश्वका १८४ देशहरु अहिले नर्कको जस्तो जीवन बिताराख्नुपरेको बताए ।

यसैबीच मंगलवार ह्वाईट हाउसमा भएको उक्त कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले निर्माण तथा खनिजका लागि चीनसँग निर्भर बन्नु नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनलाई अदृश्य शत्रु भन्दै कोरोना भाइरस विश्वमा फैलाएको दोषी मान्दै आएका छन् ।

साथै उनले चीनलाई दोषी मान्दै कोरोना भाइरसको सम्बन्धमा अमेरिकाले अनुुसन्धानको लागि आफ्नो टोली खटाईसकेको पनि जानकारी दिएका छन् ।

अमेरिका, बेलायत र जर्मनीका नेताहरुले यदि चीनले शुरुवाती दिनमै भाइरसको बारेमा सत्यता बताइदिएको भए यति ठूलो क्षति व्यहोर्नु नपर्ने बताउँदै आएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार ह्वाइट हाउस भने, ‘यदि चीनले सत्यता विश्व लाई बताईदिएको भए, कोरोना भाइरसको महामारी शुरुवाती चरणमै रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन र त्यसको परिणमा आज विश्वका १८४ वटा देशले व्योहोनु परिरहेको छ ।’

गत वर्षको ३१ डिसेम्वर मा चीनमा कोरोना भाइरसको पहिलो पटक पुष्टि भएको थियो ।

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म आईपुग्दा २ लाख १८ हजार १७९ जनाको ज्यान गएको छ भने ३१ लाख ४६हजार ९८२ जनालाई संक्रमण भएको छ ।

विश्वमा ५६हजार ९७६ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ भने ९ लाख ६१ हजार ८६० जना स्वास्थ्य उपचार पछि निको भएका छन् ।