कर्जा असुलीमा गएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात भएको छ । बैंकको घोराही शाखामा कार्यररत कर्मचारीमाथि हातपात भएको हो ।

हिजो अर्थात् आइतबार कर्जा असुलीका लागी गएका बैंकका सो शाखाका कर्मचारीमाथि हातपात भएको हो । बैंकले अभद्र व्यवहार तथा हातपातको आरोपमा प्रहरीमा उजुरी समेत दिइसकेको छ ।

कुट्नेहरुमाथि थप अनुसन्धान भइरहेको बैंकले जनाएको छ । बैंकको कर्मचारी युनियनले पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु माथी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समुहहरुको प्रहारको केन्द्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलिको क्रममा कर्मचारीमाथि कुटपिट गर्ने जस्तो आपराधिक घटना प्रति भत्सना गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि यस्ता घटना दोहोरिँदा अर्थतन्त्र नै प्रभावित हुनसक्ने बैंकको बुझाई छ ।