नेपाल फिनटेक संघद्वारा आयोजना गरिएको नेपाल फिनटेक एक्स्पो २०२६ मा डिजिटल कम्पनी आइमार्क (iMark) ले साउन्ड बक्ससहितको अत्याधुनिक QR तथा कार्ड भुक्तानी उपकरण औपचारिक रूपमा सार्वजनिक गरेको छ।
एक्स्पोमा प्रस्तुत गरिएको आइमार्कको यो नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय ध्यान आकर्षित गरेको थियो।
आइमार्कद्वारा सार्वजनिक गरिएको यो उपकरण ट्याक्सी, अस्पताल, मार्ट, विद्यालय, डिपार्टमेन्ट स्टोरलगायत साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायिक संस्थासम्म सहज रूपमा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको हो।

उपकरणले स्टाटिक तथा डायनामिक QR भुक्तानीका साथै Visa, MasterCard, NepalPay लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डहरू स्वीकार गर्दछ। साथै, यसले अन्य विभिन्न भुक्तानी स्किमहरूलाई पनि समर्थन गर्दै Contact तथा Contactless दुवै माध्यमबाट भुक्तानी सम्भव बनाउँछ। भुक्तानी सफल भएपछि तुरुन्तै आवाजमार्फत पुष्टि दिने साउन्ड बक्स सुविधाले कारोबारलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

यो समाधान NCHL and other banks को SmartVista Switch, Compass Plus Switch तथा S2M Switch मा आधारित बैंकिङ प्रणालीहरूसँग पूर्ण रूपमा एकीकृत रहेको छ। उपकरण Remote Manageable भएकाले प्रणालीको निगरानी, व्यवस्थापन तथा सफ्टवेयर अपडेट सहज रूपमा गर्न सकिन्छ। साथै, आइमार्कद्वारा उपलब्ध गराइएको मर्चेन्ट ड्यासबोर्ड मार्फत व्यापारीहरूले आफ्ना कारोबार, सेटलमेन्ट तथा रिपोर्टहरूको वास्तविक–समय जानकारी प्राप्त गर्न सक्छन्। कुनै प्राविधिक समस्या उत्पन्न भएमा आइमार्कको २४/७ ग्राहक तथा प्राविधिक सहयोग सेवा उपलब्ध रहने कम्पनीले जनाएको छ।
उपकरण सार्वजनिक गर्ने कार्यक्रममा आइमार्कका Chief Operating Officer (COO) सुयश चन्द ले प्रत्यक्ष रूपमा उपकरणको लाइभ डेमो प्रस्तुत गर्दै यसको प्रयोग विधि, विभिन्न use cases, तथा प्रविधिक पक्षबारे विस्तृत जानकारी दिएका थिए। उनले साना व्यापारीदेखि ठूला संस्थासम्म कसरी एउटै उपकरणबाट QR, कार्ड र साउन्ड बक्समार्फत सुरक्षित तथा द्रुत भुक्तानी सम्भव हुन्छ भन्ने कुरा स्पष्ट पारे। साथै, डिजिटल भुक्तानी विस्तारमा यस्तो समाधानको महत्व, स्केलेबिलिटी, सुरक्षा संरचना तथा नेपालको डिजिटल बैंकिङ इकोसिस्टमसँग यसको सामञ्जस्यबारे पनि प्रकाश पारे।
त्यसैगरी, आइमार्कका Chief Global Sales Officer सागर पोखरेल ले “यो समाधान साना तथा ठूला सबै व्यापारीलाई डिजिटल भुक्तानी प्रणालीमा सहज रूपमा जोड्दै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ अगाडि लैजाने एक क्रान्तिकारी कदम हो” भन्दै आइमार्कको दीर्घकालीन दृष्टिकोण र नवप्रवर्तनप्रतिको प्रतिबद्धता व्यक्त गरे।
एक्स्पो अवधिभर आइमार्कले साउन्ड बक्स उपकरणसँगै विभिन्न पुस्ताका POS टर्मिनलहरू, ATM कार्डहरू तथा आफ्नै इन–हाउस बैंकिङ समाधानहरू पनि प्रदर्शन गरेको थियो। यसले आइमार्कको प्रविधिक क्षमता, नवप्रवर्तनशील सोच तथा नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित व्यापक फिनटेक समाधान प्रस्तुत गर्ने क्षमतालाई उजागर गरेको आयोजक तथा सहभागीहरूले बताएका छन्।
