काठमाडौँ । बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको लामो समयदेखि चलिरहेको बिमारीका कारण निधन भएको छ। उनको विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले मंगलबार खालिदा जियाको निधन भएको पुष्टि गरेको हो।
८० वर्षीया खालिदा जिया लिभर सिरोसिसबाट पीडित थिइन्। उनका चिकित्सकहरूका अनुसार उनलाई गठिया र मधुमेहको समस्या पनि थियो। यसका साथै उनी मुटुसम्बन्धी रोगसँग पनि संघर्षरत थिइन्।
खालिदा जिया बंगलादेशको राजनीतिमा प्रभावशाली नेतृका रूपमा चिनिन्थिन्। उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री मात्र नभई बीएनपीकी प्रमुख नेतृसमेत थिइन्। उनको निधनसँगै बंगलादेशको राजनीतिक वृत्तमा शोकको लहर फैलिएको छ।

