काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक बयानको लागि जाँचबुझ आयोग पुगेका छन् ।
भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको लागि गठित आयोगले लेखकलाई बयानको लागि बोलाएको हो ।
आयोगले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाएको छ । तर, ओलीले आफू आयोगमा बयान दिनको लागि नजाने भनेका छन् ।

