नेपाली टिकटकको ‘फर यु’ (FYP) पेज हिजोआज एउटै कुराले भरिएको छ— एउटा युद्ध चलिरहेको छ— यो कुनै ‘रोस्ट’ वा ‘डान्स ब्याटल’ होइन, बरु एउटा चर्चित ब्रान्ड र त्यसलाई स्थापित गर्ने ‘अनुहार’ बीचको लडाइँ हो। बेबी केयर ब्रान्ड एइविबी (Aiwibi) नेपाल र चर्चित इन्फ्लुएन्सर बिन्जुल श्रेष्ठ (@binjulshrestha) बीचको खटपटले अहिले नेपाली बजारमा ठुलै हलचल ल्याएको छ। कुनै समय ‘सबैभन्दा आत्मीय’ देखिने ब्रान्ड र इन्फ्लुएन्सर बीचको सम्बन्ध अहिले अदालतको बहस जस्तै जटिल बनेको छ। आखिर किन Aiwibi नेपाल विवादमा मुचियो ? के यो ब्रान्डको सफलताको घमण्ड हो वा इन्फ्लुएन्सरको महत्त्वाकाङ्क्षा?
Aiwibi नेपाल र बिन्जुल श्रेष्ठ (@binjulshrestha)ले एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोपले अहिले नेपाली बजारमा ‘इन्फ्लुएन्सर मार्केटिंग’ माथि नै प्रश्न उठाएको छ।
बिन्जुल श्रेष्ठ : जब ‘मेहेनत’ र ‘मर्यादा’ को टक्कर भयो
यो विवादको सबैभन्दा ठुलो भूकम्प बिन्जुल श्रेष्ठको एउटा भिडियोबाट सुरु भयो। Aiwibiलाई घर-घरमा पुर्याउन बिन्जुलले आफ्नो व्यक्तिगत जीवन नै ब्रान्डसँग जोडेकी थिइन्। तर जब ब्रान्ड चर्चाको शिखरमा पुग्यो, तब उनलाई “काम सकिएपछि पाखा लगाइएको” आरोप लागेको छ। बिन्दुले आफूले Aiwibi नेपाललाई शून्यबाट स्थापित गराउन दिनरात नभनी मेहेनत गरेको, तर ब्रान्डले चर्चा पाएपछि आफूलाई उपेक्षा गरेको र सम्झौता विपरित व्यवहार गरेको आरोप लगाइन्। उनले यसलाई कर्पोरेट क्षेत्रको “Use and Throw” (प्रयोग गर्ने र मिल्काउने) प्रवृत्तिको रूपमा चित्रण गरेकी छिन्।

बिन्जुल श्रेष्ठ केवल एउटा विज्ञापन गर्ने मोडल मात्र हुनुहुन्नथ्यो। उनले Aiwibiलाई “आफ्नै बच्चाको ब्रान्ड” जस्तै गरी माया दिइन्। आफ्नो गर्भावस्थादेखि सन्तान हुर्काउँदासम्मको व्यक्तिगत यात्रालाई एइविबीसँग जोडेर उनले नेपाली आमाहरूको मन जितिन्। तर, आज तिनै बिन्जुल टिकटकमा भावुक हुँदै भन्छिन्— “काम सकिएपछि मलाई एउटा साधन जस्तो प्रयोग गरियो।”
‘कोकुन बड्स नेपाल’ (Cocoon Buds Nepal) सँगको कनेक्सन
विवादमा नयाँ मोड तब आयो जब बिन्दुले अर्को प्रतिष्पर्धी ब्रान्ड कोकुन बड्स नेपाल सँग सहकार्य गरेको कुरा बाहिरियो। Aiwibi पक्षको दाबी अनुसार, कुनै पनि ब्रान्डको एम्बेसेडर रहँदा उस्तै प्रकृतिको अर्को ब्रान्डसँग काम गर्नु व्यावसायिक मर्यादा र सम्झौताको उल्लंघन हो। यता बिन्दुले भने आफूलाई अन्याय भएकाले र Aiwibi ले आफ्नो श्रमको उचित मूल्यांकन नगरेकाले आफूले नयाँ बाटो रोजेको संकेत गरेकी छिन्। उनले आफ्ना लाखौँ फलोअर्सलाई “मलाई जहाँ सम्मान मिल्छ, म त्यहीँ जान्छु” भन्ने स्पष्ट सन्देश दिएकी छिन्। कोकुनले यस मौकालाई सदुपयोग गर्दै बिन्जुललाई आफ्नो मुख्य अनुहार बनाएको छ, जसले गर्दा धेरै ग्राहकहरू Aiwibi छोडेर कोकुनतर्फ आकर्षित भइरहेका छन्।
टिकटक प्रयोगकर्ताहरू बीच यो विषयलाई लिएर दुई धार स्पष्ट देखिएको छ:
-
बिन्जुलको पक्ष: उनले ब्रान्ड बनाउन गरेको योगदानको कदर हुनुपर्छ भन्ने समूह।
-
ब्रान्डको पक्ष: व्यावसायिक सम्झौता र नैतिकता पालना हुनुपर्छ भन्ने समूह।
Aiwibi नेपालको आधिकारिक धारणा
Aiwibi नेपालले यस विषयमा औपचारिक रूपमा स्पष्ट पार्दै आफ्नो व्यवसाय र सम्झौताहरू कानुनी र व्यावसायिक प्रक्रिया अनुसार हुने बताएको छ। ब्रान्डको भनाइ अनुसार:
-
कुनै पनि सहकार्य सधैंभरि नहुन सक्छ र व्यावसायिक आवश्यकता अनुसार परिवर्तन गरिन्छ।
-
कम्पनीले आफ्नो ‘म्याजिकल सिरिज’ र अन्य उत्पादनहरूको गुणस्तरमा ध्यान दिँदै नेपालभरका ५०० भन्दा बढी रिटेलरहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ।
-
व्यक्तिगत आरोपहरू भन्दा पनि संस्थागत मूल्य र मान्यता महत्वपूर्ण हुने कम्पनीको जिकिर छ।
नेपालमा ‘इन्फ्लुएन्सर’ केवल विज्ञापन गर्ने माध्यम मात्र नभएर ब्रान्डको पहिचान नै बनिसकेका छन्। एइविबीले कर्पोरेट पावर देखाउन खोज्दा बिन्दुले ‘पब्लिक सेन्टिमेन्ट’ (जनताको सहानुभूति) जितेकी छिन्।
के Aiwibi साँच्चै गलत छ?
एउटा कोणबाट हेर्दा, Aiwibi ले ‘कर्पोरेट इगो’ देखाएको प्रस्ट देखिन्छ। बिन्जुलले कोकुन बड्स नेपाल (Cocoon Buds Nepal) सँग हात मिलाउनुलाई Aiwibiले ‘धोका’ को रूपमा व्याख्या गरे पनि, प्रश्न यो उठ्छ— “के Aiwibi ले बिन्दुलाई सुरक्षित महसुस गराउन सकेको थियो?” यदि कुनै ब्रान्डले आफ्नो मुख्य अनुहारलाई उचित सम्मान र सुरक्षा दिँदैन भने, इन्फ्लुएन्सरले विकल्प खोज्नु स्वाभाविक हो। Aiwibiले बिन्दुलाई एउटा ‘कर्मचारी’ जस्तो मात्र व्यवहार गरेर उनको ‘इमोसनल ब्रान्डिङ’ को अवमूल्यन गरेको धेरैको बुझाइ छ।
इमोसनल भ्यालुको अवमूल्यन: कर्पोरेट जगतमा सम्झौता (Contract) नै सबैथोक मानिएला, तर बिन्जुल जस्तो भावना जोडिएको व्यक्तिलाई ‘बिजनेस डिल’ को नाममा मात्र हेर्नु Aiwibiको संवेदनहीनता हो।
ब्रान्डको रणनीति: ‘फेरिन्छन् अनुहार, फेरिँदैन व्यापार’
Aiwibi ले हालै मेरियट होटलमा भव्य कार्यक्रम गरेर आफ्नो शक्ति प्रदर्शन त गर्यो, तर सामाजिक सञ्जालमा भने उसको शाख खस्किएको छ। बिन्जुलले ‘कोकुन बड्स नेपाल’ रोजेपछि Aiwibi ले उनलाई ‘गद्दार’ सावित गर्ने प्रयास गरे पनि, आम जनताले भने “मेहेनती छोरीलाई अन्याय भयो” भन्ने सन्देश पाएका छन्।
Aiwibi को गल्ती कहाँ भयो?
-
संवादको अभाव: समस्यालाई व्यक्तिगत नबनाई कानुनी रूपमा सुल्झाउनुको साटो सामाजिक सञ्जालमा बहस हुन दिनु ब्रान्डको कमजोरी हो।
-
Use and Throw संस्कृति: कम्पनीले इन्फ्लुएन्सरलाई ब्रान्डको ‘पार्टनर’ भन्दा पनि ‘साधन’ को रूपमा मात्र प्रयोग गरेको देखिन्छ।
-
प्रतिस्पर्धासँग डर: बिन्जुलले कोकुन बड्स नेपालसँग काम गर्दा Aiwibi डराउनुको अर्थ, उसलाई आफ्नो उत्पादनमा भन्दा बढी बिन्जुलको प्रभावमा डर थियो भन्ने बुझिन्छ।
प्याकेट चम्किलो, सम्बन्ध धमिलो!
एइविबीले नयाँ ‘म्याजिकल सिरिज’ ल्याएर बजार त ओगट्ला, तर बिन्जुलको आँसु र उनले लगाएको “प्रयोग गरिएँ” भन्ने आरोपले ब्रान्डको नैतिकतामाथि सधैँ प्रश्न उठाइरहनेछ। बिन्जुलको यो ‘विद्रोह’ नेपाली इन्फ्लुएन्सर मार्केटिंगको क्षेत्रमा एउटा नयाँ उदाहरण बनेको छ।
Aiwibi नेपालले नयाँ ‘म्याजिकल सिरिज’ र ‘बेबी मिल्क पाउडर’ त ल्यायो, तर उसले पुराना साथीहरूको विश्वास गुमाएको छ। यदि कम्पनीले आफ्नो ‘प्रोफेसनल इगो’ त्यागेर इन्फ्लुएन्सरहरूको योगदानलाई सम्मान गर्न सकेन भने, भोलि अर्को कुनै ‘बिन्जुलले’ यो ब्रान्डलाई बहिष्कार नगर्ला भन्न सकिन्न।
कोकुन बड्स नेपालले अहिले बिन्जुललाई काख थापेर Aiwibiलाई गतिलो झापड त दिएको छ, तर अब हेर्नु यो छ कि Aiwibiले यो ‘नेगेटिभ पीआर’ (Negative PR) लाई कसरी चिर्छ।
