महामारी फैलिनबाट रोक्नका लागि देशहरुले गरेको लकडाउनमा अनौठा कुराहरु देखिन थालेको छ । घरमा विवाहित जोडीहरु लकडाउनका कारण रोजगारीहरु बन्द भएपछि घरमै थुनिएर बस्न बाध्य भएका छन् । यस्तो अवस्था पहिला केहि समय मात्र भेटघाट हुने जोडीहरु अहिले हरेक पलसँगै बस्दा दिक्क बनेका छन् । यसै कारणले एक्सपर्टहरुले लकडाउन लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु अत्याधिक दर्ता हुने बताउँछन् ।
यसैबीच पोर्चुगलमा पनि एउटा अनौठो घटना सार्वजनिक भएको छ । पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् ।
जसका कारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् । उनले २४ सै घण्टा सँगै बस्नु परेकोमा दिक्क लागेकोले यस्तो लेखेर टाँसेको बताएकी छन् ।

कोरोना भाइरसको महामारीका कारण केहि समय पहिला चीनमा धेरै सम्बन्ध बिच्छेदका घटनाहरु दर्ता भएका थिए । लकडाउनका कारण २४ सै घण्टा श्रीमान श्रीमती एकसाथ बस्नुपर्दा यस्तो अवस्था सिर्जना भएको विज्ञहरु बताउँछन् ।
यसको धेरै असर भने विवाहित जोडीमा देखिएको छ । त्यसैले लकडाउन सकिए लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने विज्ञहरुको अनुमान रहेको छ ।
एजेन्सीको सहयोगमा
