विराटनगरबाट आएकाहरू नागढुंगामै ‘होल्ड’

विविध

विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फर्काउने तयारी गरेको छ।

सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए।

उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।

उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको हो।

उनीहरूले स्थानीय निकायसँग छलफल गरी आएको बुझिएको छ।