काठमाडौँ– काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ ।
यसअघि मंगलबार दिउँसो ४ बजेदेखि मतदान सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले मतदान बेलुकामात्र सुरु हुने भएको हो।
निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ। सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न औसत २५ देखि ३० मिनेट लाग्ने भएकाले कुल २ हजार २ सय ६२ प्रतिनिधिलाई मतदान गराउन लामो समय लाग्ने अनुमान गरिएको छ। हरेक प्रतिनिधिले निर्विरोध निर्वाचित भएका उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारलाई मत दिनुपर्ने छ। अध्यक्ष तथा पदाधिकारीसहित ११ जना निर्विरोध भइसकेका छन् भने एक जना प्रतिनिधिले कम्तीमा २ सय ९२ जना उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था छ।

