र्‍यापिड टेष्ट रोक्न कांग्रेसको माग

विविध

काठमाडौँ –  प्रमुख विपक्षी नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) रोक्न माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरु र विज्ञहरुसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनु पर्छ ।’