काठमाडौं ,बैंकिङ्ग कसुर अनुसन्धानका लागि प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनाको म्याद पाँच दिन थपिएको छ।
उच्च अदालत पाटनको वाणिज्य इजलासले सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
उनीहरूलाई बैंकलाई हानि–नोक्सानी पुर्याउने उद्देश्यले विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको र सो अपराध लुकाउन प्रयास गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो।
सीआईबीले उनीहरूलाई प्रभु बैंकको केन्द्रीय कार्यालयमै छापामारी पक्राउ गरेको हो।

