Corona

झापाका एक पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ५२

विविध

काठमाडौँ – झापाका एक ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्तिको नमूना कोशी अस्पताल, विराटनगरमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । ‘हालसम्म प्राप्त विवरणअनुसार निज अस्पतालको सम्पर्कमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन् ।

हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५२ पुगेको छ भने तीमध्ये १६ जना निको भई घर फर्किसकेका छन् ।