काठमाडौँ – इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ ।
रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ ।
रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज अदा गर्दै छन् । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज दा गरिदै छ ।

जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।
