काठमाडौ. | बारा हुँदै केन्द्रिय राजनीतितर्फ इन्जिनियर अरविन्द साहको ‘प्रभावशाली प्रवेश’
ऊर्जा मन्त्री कुलमान घिसिङका सारथी तथा खल्ती एपका संस्थापक निर्देशक इन्जिनियर अरविन्द साह मंसिर १३ गते शनिबार आफ्नो गृह जिल्ला बारा आउँदै छन्। उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रिय सदस्य समेत रहेका साहको पछिल्लो राजनीतिक सक्रियता बारा–२ क्षेत्रमा नयाँ चर्चा र उत्साहको विषय बनेको छ।
आगामी फाल्गुनमा हुने चुनावको सुरक्षा तयारी, विकास–निर्माणका अवस्थामाथि प्रत्यक्ष अवलोकन, र स्थानीय संरचनासँग समन्वय गर्ने उद्देश्यसहित उनी बारा प्रवेश गर्न लागेका हुन्।

स्थानीय राजनीतिको समीकरण बुझ्नेहरूका अनुसार, साहको प्राविधिक दक्षता, समाजप्रतिको गहिरो लगाव, र डिजिटल अर्थतन्त्रमा पुर्याएको योगदानका कारण बारा–२ बाट प्रतिनिधि सभा निर्वाचनमा उनका पक्षमा सकारात्मक माहोल सिर्जना हुन थालेको छ। यत्तिकैमा, चुनावी मोडमा प्रवेश गर्ने प्रारम्भिक ‘सिग्नल’का रूपमा पनि उनको यो दौडाहालाई हेरिएको छ।
उनको यो यात्रा पार्टीभित्र ऊर्जा थप्ने र प्रदेशस्तरमा आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
