प्राइड क्यासिनो Heist! जेनजी आन्दोलनमा १४ करोड झिकेर भाग्ने सेट्टी–रणे अन्ततः पक्राउ

अपराध तथा सुरक्षा

काठमाडौँ । राजधानीको मुटु बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी भित्र चलिरहेको प्राइड क्यासिनोमा भदौ २४ गते भएको अचम्मको लुटपाटको नाटकीय रहस्य खुल्दै गएको छ। प्रहरीले खुकुरी बोकेर क्यासिनोमै धावा बोलेको आरोपमा दुई कुख्यात व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ परेका हुन्—कुख्यात गुण्डा दावा सेट्टीरञ्जित खड्गी ‘रणे’। काठमाडौंमै लुकेर बसेका उनीहरूलाई विशेष अपरेशनमार्फत समातिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पुष्टि गरेका छन्।

जेनजी प्रदर्शनको बीचमै भएको यो घटनामा सेट्टी–रणे जोडीले होटल परिसरमै पसेर खुकुरी देखाउँदै क्यासिनोबाट झण्डै १४ करोड रुपैयाँ नगद उडाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बौद्ध क्षेत्रमा लामै समयदेखि हप्ता असुली, कुसंस्कार र गुण्डागर्दीका लागि कुख्यात यो समूहले यसअघि क्यासिनोमा ‘भारतीय परिचयपत्र’ बनाएर नेपालीलाई प्रवेश गराउने अवैध धन्दा चलाएको आरोप पनि रहेको स्थानीयहरूको दाबी छ।

लुटपाट र आगजनी दुवैको छानबिनका लागि होटल हायात रिजेन्सीले प्रहरीसमक्ष आधिकारिक उजुरी दर्ता गराइसकेको छ।