काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु हुने दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।


