काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई प्रिफरेन्सियल शेयर निष्काशनको अनुमति प्रदान गरेको छ।
बोर्डले नबिललाई ८ प्रतिशत लाभांश दरमा ५ करोड कित्ताका लागि अविमोच्य अंसचिति अग्राधिकार शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
परिपत्र विधिबाट निष्काशन हुने यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ ।

