फागुन २१ चुनाव तयारी: प्रधानमन्त्री कार्कीले बोलाइन् सबै दलका नेताहरू

राजनीति

काठमाडौं । आगामी निर्वाचन तयारीलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका शीर्ष नेताहरूसँग आज संयुक्त छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि दलका नेताहरूलाई बैठकमा सहभागी हुने निमन्त्रणा गरिएकाे छ।

फागुन २१ मा निर्धारित चुनावका लागि दल दर्ता प्रक्रिया जारी रहेका बेला, निर्वाचनमा सबै दलको सहभागितालाई सुनिश्चित गर्न अपिल गर्ने उद्देश्यले प्रधानमन्त्रीले संयुक्त छलफल आयोजना गरेको उनको सचिवालयले जनाएको छ।