काठमाडौं कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् ।
मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए ।
उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’

उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन् ।यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए ।
उनले भने, ‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं ।’
