CG Digital को बुटवलमा २१औ शो–रूम को रूपमा भव्य उद्घाटन

कर्पोरेट

बुटवल, “नेपालको सबैभन्दा ठूला इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक, CG Electronics ले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘CG Digital आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा यही मिति (२०८२/०७/२९) निबार देखि सञ्चालनमा ल्याएको छ। यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शो–रूम सञ्चालनमा आएको छ।

अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले LG, CG, Media, Godrej, Crompton, Beko, Sensei, TCL, Burly, Kent, Black+Decker, Motorola, Nothing जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सक्नेछन्।

कम्पनीका अनुसार, बुटवललुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट छिटो ग्राहकसपोर्ट प्रणालीसहित सुव्यवस्थित प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। CG Digital ले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उपसहरी बजारमा विस्तार गर्ने, अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी ग्राहककेन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ।