दुर्गा प्रसाईंले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गराएका छन्। दर्ता गरिएको दलको सभापतिमा प्रसाईंका पूर्व स्वकीय सचिव माधव कल्पित चयन भएका छन्।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरिसकेका प्रसाईंलाई सरकारले वार्ताका लागिसमेत बोलाइसकेको छ। २७ बुँदे मागसहित अघि बढिरहेको ‘नागरिक बचाउ महाअभियान’ले अब दल दर्तासँगै आगामी निर्वाचन लक्षित राजनीतिक तयारीलाई पनि तीव्र पारेको संकेत स्पष्ट देखिन्छ।
दलको अन्य पदाधिकारीमा उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। त्यस्तै, महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा विष्णु बोहरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापा मगर नियुक्त भएका छन्।

